८ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति भण्डारी ढाकामाः समकक्षी हमिदले विमानस्थलमा गरे स्वागत, आजै महत्वपूर्ण भेटवार्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ ।

मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ।

सापकोटा–क्वात्रा भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली र लक्जम्बर्गका समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल भ्रमणमा रहेका लक्जम्बर्गका विदेश तथा युरोपेली मामिलामन्त्री जिन एसल्बोनबीच बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।

प्रधानसेनापति भेट्न भारतीय सेनाका जनरल जंगी अड्डामा

भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

विश्व बैंकका कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्रीको भेटवार्ता

अर्थमन्त्री युवराज खतिवडाले नेपालले हालैका वर्षमा आर्थिक, सामाजिक प्रगति लक्ष्यअनुसार गरेको बताएका छन्। नेपाल भ्रमणमा रहेको विश्व बैंकको १३ सदस्यीय प्रतिनिधिमण्डलसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनले नेपालको संघीयता कार्यान्वयनबाट विश्व समुदायले सिक्नुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

आइएलओ प्रतिनिधिमण्डलसँग भेट

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार संचिर टग्स्चिमेगको नेतृत्वमा आएको आइएलओ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसँग भेटवार्ता गरेको छ।

राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्ड र चिनियाँ नेताबीच भेटवार्ता

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए।

चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बाबुरामले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्