११ माघ २०७८ मंगलबार

उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल

भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ।

दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताए।

प्रस्तावित तीन राजदूत संसदीय सुनुवाइबाट अनुमोदित

ओली नेतृत्वको सरकारको पालामा नियुक्त भारतका नीलाम्बर आचार्य, अमेरिकाका डा. युवराज खतिवडा र बेलायतका लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनीहरूलाई सिफारिस गरिएको थियो।

बहुपक्षीय मञ्चमा नेपालको समर्थन खोज्दै इजरायल

इजरायल र नेपालबीच जनस्तरमा अत्यन्त गहन सम्बन्ध छ। आगामी वर्षरूमा यो सम्बन्ध झन् प्रगाढ हुनेछ। अत्यन्त सुन्दर द्विपक्षीय सम्बन्ध अब बहुपक्षीय सम्बन्धमा पनि मुखरित हुनुपर्छ। –खनान गोडेर, नेपालका लागि इजरायली राजदूत

फेरि सर्‍यो प्रस्तावित राजदूतको सुनुवाइ

१७ गतेको बैठकमा पनि गणपूरक संख्या नपुग्ने भएपछि सुनुवाइका लागि २० गते बैठक बोलाइएको छ। संसदीय सुनुवाइ समितिमा सभापतिसहित १५ सदस्य छन् ।

टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट

भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन्। भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो।

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

बेलायतका लागि नेपाली राजदूत रेग्मी नेपाल फर्किंदै

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पछि रेग्मी अक्टोवर २४ तारिख नेपाल फर्किन लागेका हुन्।

मुस्ताङको स्याउ बजारमा

मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ पाथिभरा मन्दिरको दर्शनपछि फिर्ता

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनपछि शनिबार संघीय राजधानी काठमाडौतर्फ फर्किएकी छन्।

स्विस राजदूतद्वारा सिँचाइ आयोजना अनुगमन

राजदूत क्यापलरले सूर्याेदय नपा–१० को रामेखोला सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरिन्। त्यसअघि उनले नगरका मेयर रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललगायतसँग आयोजनाको गतिविधिबारे जानकारी लिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्