६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बताए।

यस्तो बन्यो भूकम्पले भत्किएको सिंहदरबार

भूकम्पको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारस्थित मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी, उत्तर तथा दक्षिणी मोहडासहितको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार गरेको छ। यही फागुन ३ गते एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरिसकेका छन्।

सार्वजनिक नहुँदै सच्याइयो सचिव सरुवा निर्णय

सरकारले साार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्च्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरूको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रूपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरूको सरुवा निर्णय सच्चाएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

मलेसियामा जाने श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षा

सर्वाधिक श्रम स्वीकृति लिने र धेरै नेपाली श्रमिकको मृत्यु हुने गन्तव्यको रूपमा चिनिएको मलेसियामा रोजगारीका लागि जाने नेपालीलाई त्यहाँको सामाजिक सुरक्षा संस्था (सोक्सो) मा आबद्ध गराइने भएको छ। केही दिनअघि मन्त्रिपरिषद् बैठकले नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउने प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई जिम्मा दिएको छ।

मन्त्रिपरिषद् विस्तारबारे कारण माग

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारबारे सरकारसँग सोमबार लिखित कारण मागेको छ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।

मन्त्रिपरिषद् पुनर्गठन छिट्टैः प्रवक्ता ज्ञवाली

प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारेका छन्। 'प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो', उनले भने।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आज बिहान पौने १० बजे बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए।

फलफूल तथा तरकारीमा विषादी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा

बजारमा बिक्री हुँदै आएका फलफूल तथा तरकारीमा विषादी रहेको गुनासो आइरहेका बेला सरकारले विषादीको अधिकतम सीमा तोकेर मापदण्ड तयार गरेको छ।

१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने भएको छ।

पुस्तकमा लाग्दै आएको कर हटाइयो, मन्त्रीको आधा तलब कोराेना कोषमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्