१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

डढेलो गाउँसम्म फैलिदा तेह्र घर जलेर खरानी

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

असीऔँ जन्मदिनमा नागरिकता

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

प्रकाश स्मृति भलिबलको तयारी पूरा

वैशाखको अन्तिम साता हुने प्रकाश स्मृति बाग्मती प्रदेश अन्तरनगरपालिका भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।

उच्च हिमाली क्षेत्र याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना

समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ स्थित याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्