८ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय बेसबल फाइभ बुधबारदेखि

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

भोगाधिकार दिन प्रदेशका खेलकुद संरचनाको अध्ययन

राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा आफ्नो नाममा रहेको जग्गा तथा खेलकुदका भौतिक पूर्वाधारको अध्ययन सुरु गरेको छ।

चीनसँग केही खेलबाट सहकार्य गर्ने चाहना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन्।

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव

पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

१० औं राष्ट्रिय खेलकुद कर्णालीलाई चुनौती र अवसर: पोखरेल

कर्णालीमा २०८१ मा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीसँगै अवसर पनि भएको कर्णालीका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले बताएका छन्।

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

गैंडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

दक्षिण एसियाली कराते: नेपालको सुखद प्रदर्शन

नेपालले घरेलु मैदानमा सुरु भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार सुखद सुरुआत गरेको छ।

कञ्चनपुर अर्थात् ‘क्रिकेटपुर’

राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रिय स्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ।

घिसिङलाई एसिया रग्बीबाट सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ।

प्रतिक्रिकेटर १३ लाख सिफारिस

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रति खेलाडीका लागि १३ लाख रूपैयाँ नगद पुरस्कार सिफारिस भएको छ।

भक्तपुर र ललितपुरका वडा सेमिफाइनलमा

भक्तपुर र ललितपुरका २ वटा वडा तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्