६ लेनमा जेब्रा क्रस: एउटा बार हट्यो, अर्को हटेन
नागरिक दैनिकमा ‘६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ’ शीर्षकमा समाचार प्रकाशित भएपछि निर्माण पक्षले रेलिङको तल्लो फलामे बार निकाले पनि माथिको रेलिङको बार निकालेको छैन। जसले गर्दा पैदल यात्रुले जेब्रा क्रसिङमा सडक पार गर्न सकस भइरहेको छ।