५ आश्विन २०८१ शनिबार
image/svg+xml

मनाङका बाढीपीडितः टीनको टहरोले छेकेन सिरेटो

गत असारको भीषण बाढीपहिरोले बिस्थापित भएका हिमाली जिल्ला मनाङका बासिन्दालाई चिसोले सास्ती थपिदिएको छ। मस्र्याङदी नदीको भेल र पहिरोको चपेटामा परेका नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा अझै पनि सकसमा छन्। बाढीपहिरोको चपेटामा परेका उनीहरु मध्ये कतिपयले अहिलेसम्म भरपर्दाे बसोबास व्यवस्थापन समेत गर्न सकेका छैनन्।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्