आजबाट एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइँदै
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आईतबार साँँझ जिल्ला आईपुगेको खोप सोमबारको स्वास्थ्य समिति बैठकपछि स्थानीयतहलाई वितरण गरी लगाउने तयारी भएको छ।
कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नेत्र कुमारी खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन ।
जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।