२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

बजारभरि अखाद्य वस्तुको ‘आतंक’

बजारमा मानव स्वास्थ्यलाई प्रतिकुल हुने खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा यस्तो पाइएको हो।

बजारभरि अखाद्य वस्तु

सरकारले गत वर्ष बजार अनुगमन गरी सार्वजनिक गरेको नतिजाले सबैलाई एक पटक झस्काएको छ। मुलुकभरका बजारमा बिक्री–वितरण हुने उपभोग्य खाद्यवस्तुमध्ये आठ प्रतिशत खान अयोग्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भएका खाद्यवस्तुको नमुना संकलन गरेर परीक्षण गर्दा यस्तो डरलाग्दो तस्बिर आएको हो। विभागले मुलुकभरका बजारबाट २ हजार ८ सय ३४ वटा नमुना संकलन गरी गुणस्तर परीक्षण गर्दा ७.७ प्रतिशत खाद्यवस्तु खान अयोग्य फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्