१५ वैशाख २०८१ शनिबार
image/svg+xml

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्