१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ।

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।

कालीगण्डकीले बगाएका मालामी मृत भेटिए

कालीगण्डकी नदीको राम्दीबाट हराएका युवाको शव सोमबार फेला परेको छ। बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएको राम्दी प्रहरी चौकीले बताएको छ।

कालीगण्डकी करिडोरलाई ६० करोड माग

नेपाली सेनाले ट्र्याक खोलेको कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव भएको छ । ट्र्याक खोलेर सवारी सञ्चालनमा आए पनि बजेट नहुँदा स्तरोन्नतिमा कठिनाइ भएको हो ।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

ई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

चीनको सिनो हाइड्रो कम्पनीले नेपालीनिजी क्षेत्रसँगको सहकार्यमा६५ मेगावाटको माथिल्लो कालीगण्डकी जलविद्युतआयोजनानिर्माण गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्