८ वैशाख २०८१ शनिबार

जबरजस्ती करणी र बहुबिवाहका फरार ३ अभियुक्त पक्राउ

उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।

बहुबिवाह गर्ने जाेडी कारागार चलान

जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ। अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्