११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन्।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ। नेपालमा व्यवसायी र भारतीय व्यवसायीबीचमा साझा सहमति बनाएर विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न सकिने अवस्था रहेको छ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ।

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ: ऊर्जामन्त्री भुसाल

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ। अब बङ्गलादेश पनि निर्यात हुँदैछ’, मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ।’

'अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार'

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको ऊर्जामन्त्री क्रिस बोवेनले दाबी गरेका छन्।

९० प्रतिशत घरधुरीमा बिजुली

ऊर्जामन्त्री पम्फा भुसालका अनुसार बिजुली पुगेका क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा दिने र नपुगेका क्षेत्रमा अहोरात्र काम गरेरै भए पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ।

ऊर्जामन्त्री भुसालसँग यूएई राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन्।

ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गर्ने विश्वास व्यक्त गरे। राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरे।

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएकी छिन्।

गरिबीको रेखामुनिका जनतालाई निःशुल्क बिजुली: ऊर्जामन्त्री भुसाल

सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले थपिन्, ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो। त्यसको खपत स्वदेशमै हुनुपर्छ।’ नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन्।

ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।

प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगरौं : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन (अनन्त)ले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।

सरोकारवालासँगको छलफलबिना विधेयक ल्याउँदैनौंः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरोकारवालाहरूसँगको छलफलबिना सरकारले कुनै पनि विधेयक नल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमसिसी परियोजनाबारे द्विपक्षीय छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

स्वदेशी लगानीले मात्र जलविद्युत् आयोजना निर्माण गर्न नसकिने भएपछि वैदेशिक लगानी आकर्षित गर्न पहल सुरु गरिएको छ । गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बेइजिङ पुगेर नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले जलविद्युत्मा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्