१९ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए।

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

स्वास्थ्य उपचार पछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन्। घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो।

राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उनले भनिन्, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।”

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित अस्पताल पुगेर भेट गरेका हुन्।

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

राष्ट्रकवि घिमिरेद्वारा मतदान

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले बिहीवार मध्यान्ह लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरे ।

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्