दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु
दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ डाडाँकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो।
दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ डाडाँकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो।
ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ।
एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।
कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडेका छन्। अम्रिसोको फूल (कुचो) को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन्।
गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।
पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।
विशेष अदालतले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनाले भ्रष्टाचार गरेको ठहर्याएको छ।
स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन्। यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाह्रो पर्छ।
पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ।
अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।
विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।
राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।
बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।