१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरेललाई सरकार संचालन जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार प्रत्यारोपणको सबै तयारी पुरा भएको छ।

बाँस्कोटा काण्डमा प्रधानमन्त्री न्यायाधीश बन्न खोजे : अध्यक्ष मिश्र

साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले देशको प्रधानमन्त्रीले भ्रष्टाचारका काण्डमा न्यायाधीश तथा वकिल भएर बोल्न नमिन्ने बताएका छन्।

सिन्धुलीका सात स्थानीय तहलाई ३ करोड ४४ लाख बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगारीलाई रोजगार दिनका लागि यहाँको सात गाउँपालिकामा ३ करोड ४४ लाख बजेट खर्च गरिने भएको छ। दुई नगरपालिका र सात गाउँपालिका गरि नौवटा स्थानीय तह रहेको सिन्धुलीमा दुई स्थानीय तहमा भने बजेट आएको छैन। समयमा नै प्रताव तथा कार्यक्रम नबुझाउँदा दुई स्थानीय यहाँको सुनकोसी गाउँपालिका र घ्यालेख गाउँपालिकामा बजेट आएको छैन।

धुलोदेखि सिंहासनसम्मको खड्गयात्रा

खड्गप्रसाद प्रधानमन्त्री त भए, तर उनले एउटा राम्रो काम के चाहिँ गरे भनेर कसैले सोधे भने त्यसको उत्तर कतै भेटिँदैन। अझै पनि उखान–टुक्कालाई त्यागेर राष्ट्रनिर्माणको महाअभियान र जनताको सुखसमृद्धि हेतु आफूलाई परिचालन गर्न सकेनन् भने उनकै समर्थक डा. मोदनाथ प्रश्रितदेखि प्रा. राजेन्द्र सुवेदीसम्मले लेखिने इतिहासमा समेत उनी नेपाल काट्ने प्रधानमन्त्रीमै सीमित हुनेछन्।

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नुहुन्न भनेर कल्पना गर्न सकिँदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

प्रधानमन्त्रीलाई भट्टराईको प्रश्न : गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।

प्रधानमन्त्री ज्यू ! जताबाट हेरे पनि यतीवादी देखिनुभयो

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले आफुमाथी उठेका प्रश्नहरुको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताएका छन्। संसदको विशेष समयमा बोल्दै थापाले भने, 'प्रधानमन्त्रीले गोकुल बास्कोटा प्रकरणको अडियो सुन्नु भएको दावी आएका छन्। उहाँले संसदमा आएर यसको उत्तर दिनु पर्छ। प्रधानमन्त्री डाँडा काँडा ताल लतैया हेरर बस्ने होइन संसदमा आउनु पर्छ। प्रश्नको सामाना गर्नुपर्छ। निम्छरो प्रश्न होइन सहि प्रश्नको उत्तर दिनुपर्छ।'

प्रधानमन्त्रीको 'वर्थडे केक' : सामाजिक सञ्जालमा आलोचना

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने। दुई हेलिकप्टर सहित आफ्नो जन्म गाउँ पुगेका ओलीको जन्म दिन मनाउन गाउँपालिकाले विदा समेत दिएको थियो।

प्रधानमन्त्री ओली जन्मघरमा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका छन्।

प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व : मुख्यमन्त्री पौडेल

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

देश बदल्ने अठोट गर्दा नकारात्मक प्रवृत्तिको सामना गर्नुपरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।

प्रधानमन्त्री भन्छन् : देश विकास हुन लाग्दा किन पिर परेको ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन्।

६ सय २३ स्थानीय तहलाई २ अर्ब अनुदान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ।

सरकारले निजी क्षेत्रसँग कमिसनको माग गर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग निजी क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्