२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बर्थडे कि जन्मदिन?

उनी मनमनै सोच्छिन्, ‘ज्यादा देखासिकी र आधुनिक बन्नुको नतीजा हो यो। जन्मदिनमा त आशीर्वाद दिनु हो। रक्सी भोजभतेरको थुप्रो लाएर नै जन्मदिन मनाउन जरुरी छ?’ सबैजना अँध्यारो मुहार लाएर हस्पिटलमा यताउति गरिरहेका थिए।

स्वार्थको दुनियाँमा स्वार्थीकै चुरीफुरी देखिन्छ

जीवनमा धेरै दुःख थोरै हाँसो–खुशी भेटिन्छ, स्वार्थको दुनियाँमा स्वार्थीकै चुरीफुरी देखिन्छ। निष्ठा, आदर्शलाई बोरामा पोको पार्नेहरूबाट,कर्ममा विश्वास गर्ने तिनै दिनदुखी हेपिन्छ।

फूलले नि आज काँडालाई बलात्कार गर्दैछ

कसरी होला बाँच्ने अब? सोच्दै छु म अझै, पुलिस अचेल चोर–डाकालाई नमस्कार गर्दैछ! अभाव र महँगीको यो अँध्यारो शासनमा, कालाबजारीले पो इमानीलाई दुत्कार गर्दैछ!

अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ

टुप्पोबाट पलाउनेको बलियो जरो होस् भन्छु,मलाई सताउनेको पनि सधैं भलो होस् भन्छु। अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ, हे दैव! उसको बिमार चाँडै सन्चो होस् भन्छु।

मानवीय संवेदना हो यो कुनै बहकाउ हैन

मानवीय संवेदना हो यो कुनै बहकाउ हैन, साँच्चि नै हो मायाप्रीति कुनै झकिझकाउ छैन। बोलूँ भने बात छैन बुढो रुखमा पात छैन, बोल्दाखेरि मात हुन्छ कुनै यो मतलबी साथ हैन।

आत्मरक्षा

के खोज्छस् कानो, आँखा भनेझैं भयो मलाई र एकैवचनमा अनुमति दिंदै भने, ‘जाऊ छोरी, बलात्कारीलाई ठाउँको ठाँउ सिध्याऊ, आफ्नो सुरक्षा आफैं गर। अब मर्नु र लुटिनु हुँदैन तिमीहरू।’

एकान्तमा

आकाश छोप्न छोडेर आउँछ तानाशाह कुहिरो मैमाथि बिउँझिएर गोप्य समय सुनाउँदै अनौठो दर्शन आउँछन वर्तमान, भूत र भविष्य एकसाथ एकान्तमा यी सबैभन्दा पनि धेरै तिम्रो याद आउँछ एकान्तमा।

उद्धार

शरद सरले मनको कुरा फ्याट्टै पोख्यो, ‘बहिनी र तिम्रो लक्ष्यमा पुग्न तथा तिमीहरूका आमालाई एकल महिलाको दर्जाबाट मुक्त गर्न शतप्रतिशत म तयार छु। तिमी के भन्छ्यौ?’

समय

आमाजूले असन्तोष पोख्नुभयो, ‘हेरहेर, यो दुनियाँ डराएका जाबो दाइजो दिनुपर्छ भनेर कोरोनाको निहुँमा कोही पनि आएनन्। आफ्नी छोरीलाई हाल्लान् भनेर मैले तिनीहरूको छोरीलाई गतिलो दाइजो हालेकी थिएँ।’

चमत्कार

छेउमा पनि एकएकओटी सुन्दरी आएर बस्छन्। अब उनीहरू ती कामुक तरुनीहरूको सौन्दर्यमा मोहित भएर रमाउन थाल्छन्।ती युवतीहरू विश्वका कुनै पनि भाषा सजिलै बोल्न र बुझ्न सक्छन्। मानिसको मनका भावना हुबहु पढ्न सक्छन्।

नयाँ शहीद दिवस

जो आफ्नो सपना मारेर देखिरहेछ नयाँ सपना र लेखिरहेछ नयाँ कविता आफूलाई बिर्सेर हराउँदै ती कुराहरूमा जस्ले मनलाई बनाइरहेछ शहीद र मनाइरहेछन् नयाँ शहीद दिवस।

धार्मिक सहिष्णुताको प्रतीक पद्मसम्भव

धर्मले प्रतिशोध लिँदैन। यसले सबैसँग मिल्ने मार्ग तय गर्नुपर्छ। मानवको आस्था अनेक भए पनि विश्वास एकै, पैताला अलग भए पनि पुग्ने स्थान एकै धर्मले बनाएको छ। यसैलाई धार्मिक सहिष्णुता भनिन्छ। यही धार्मिक सहिष्णुताको भाव फैलाउने काम पद्मसम्भवले गरेका छन्। यिनले हिन्दू र बौद्ध धर्मावलम्बीलाई एउटै मन्दिर र मूर्तिमा आराधना गर्न सिकाएका छन्। यसैकारण यिनी हिन्दू र बौद्ध धर्मको सहिष्णु बढाउने योजक हुन्, सेतु हुन्।

हरायो लघुकथा

करुणाले किताब लुकाई। सरले फेरि भन्नुभयो, ‘खोईखोई हेरौ?’ करुणा मुसुक्क हाँसी। उसको हातमा एउटा किताब थियो। ‘काला सर्पको खोजी’, लेखक हरिप्रसाद भण्डारी। –यो त वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको कृति रहेछ। कसरी पायौ यो किताब?

रूपान्तरण

‘शान्त हौऊ न। भर्खर त वर्ग उत्थानको काम हुँदैछ। नेतृत्वको उत्थान नै मुख्य कुरा हो क्या। केन्द्रीयताको अभ्यास चुलिंदैछ। जनवादको पनि पालो आउला नि!’ अदृश्य वाणी भयो।

शहीद

अग्लो स्थानमा रहेको सालिकमा माल्यार्पणका लागि प्रमुख अतिथि त्यहाँ ठड्याइएको सिंढीमा चढे। तलबाट कसैले उनलाई अबीर र माला समाउन आग्रह गर्‍यो। यसो पछाडि के फर्केका थिए, सन्तुलन बिग्रिएको कारण सिंढी चिप्लियो र उनी भुईमा बजारिए। भीडबाट कसैले भन्यो, ‘सालिकको पनि आँखा हुँदोरहेछ कि क्या हो!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्