२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

फूलले नि आज काँडालाई बलात्कार गर्दैछ

गजल

लीलाराज दाहाल

अचेल यो रोगी समयले चित्कार गर्दैछ,

फूलले नि आज काँडालाई बलात्कार गर्दैछ!

 

उनलाई भेटूँ–भेटूँ लाग्न छोड्यो अचेल त,

अब भने यो औषधिले चमत्कार गर्दैछ!

 

कसरी होला बाँच्ने अब? सोच्दै छु म अझै,

पुलिस अचेल चोर–डाकालाई नमस्कार गर्दैछ!

 

अभाव र महँगीको यो अँध्यारो शासनमा,

कालाबजारीले पो इमानीलाई दुत्कार गर्दैछ!

प्रकाशित: १७ माघ २०७८ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App