२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

स्वार्थको दुनियाँमा स्वार्थीकै चुरीफुरी देखिन्छ

मुक्तक

प्रकाश घायल

      १) मुक्तक

जब आउँछ नि त्यो समय कालो ओकल्छ्न्,

हेर्दै त जानुस् हजुर ढिलो–चाँडो ओकल्छन्।

औकात अनुसारको भोजन ज्यूनार गर्नेहरू नै,

कसैले खुकुरी त कसैले अचानो ओकल्छन्।

       २) मुक्तक

जीवनमा धेरै दुःख थोरै  हाँसो–खुशी भेटिन्छ,

स्वार्थको दुनियाँमा स्वार्थीकै चुरीफुरी देखिन्छ।

निष्ठा,आदर्शलाई बोरामा पोको पार्नेहरूबाट,

कर्ममा विश्वास गर्ने तिनै दिनदुखी हेपिन्छ।

       ३) मुक्तक

को असल कति को कति खराब थाहा हुन्छ,

अझ झन् परेपछि टकराव थाहा हुन्छ।  

यथार्थ धरातलमा उभिएर त हेर्नूस् महोदय,

सवालको जवाफ पिएसी सराव थाहा हुन्छ।

        ४)  मुक्तक

विचार पुर्याउनुस् निर्णय गर्दा विद्रोहको राँको झोस्नु नपरोस्,

तस्वीर टाँसेर भित्ता–भित्तामा त्यसैमाथि कालो पोत्नु नपरोस्।

स्वाभिमान धरौटी राख्दै राष्ट्रियताको बर्खिलाप औंला चोपेमा,

सावधान! विरुद्धमा औंला चोप्नेकै पुत्लाले बाटो रोक्नु नपरोस्!

         ५) मुक्तक

पीडाको नंग्राले चिथोर्दो रहेछ कोपर्दो रहेछ,

ओठै भत्किने गरी विधाताले लोपर्दो रहेछ।

जंगी लडाइ खुब लडियो आफ्नै भाग्यसँग,

दैवले सधैं समस्याको पहाड थोपर्दो रहेछ।

प्रकाशित: १७ माघ २०७८ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App