मुगुमा जिप दुर्घटना, ७ घाइते
मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नम्बर-६ कुलाहामा जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।