१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मन्दिरभित्रको शिवलिंग जमिनमुनि भासिँदा स्थानीयमा त्रास

रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएपछि स्थानीयमा त्रास फैलिएको छ।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ।  आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।

बर्दिबास–ढल्केबर सडक खण्डको रातु पुल भासिएपछि यात्रुको विजोग (फोटो फिचर)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास ढल्केबर सडक खण्डमा पर्ने रातु पुल भासिएपछि यात्रुहरु समस्यामा परेका छन्। दैनिक हजारौंको सङख्यामा गुड्ने सवारीलाई पुल नहुँदा खोलाबाट आवातजावत गर्नुपरेपछि यात्रु समस्यामा परेका हुन्।

बाढीले पुल भासिएपछि यातायातमा समस्या

केही दिनयताको लगातार वर्षाका कारण गाईघाट–कदमाहा सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ। एकसातायता केही घण्टाको फरकमा भईरहने वर्षाका कारण पिल्लरको जगको माटो बगेपछि पुल भासिन पुगेको छ। बाढीले पिल्लरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्