१० मंसिर २०८१ सोमबार
image/svg+xml

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  विहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटब क्लवलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो।

थ्री स्टार फाइनलमा प्रवेश

रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

फेडेरर फाइनलमा

साबिक विजेता रोजर फेडेरर शुक्रबार अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।दक्षिण कोरियाका चुङ ह्युनले रिटायर्ड हुँदै बीचमै खेल छोडेपछि विश्व नम्बर २ स्विस खेलाडी फेडेररले उपाधि भिडन्त पक्का गरेका थिए ।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।

मनाङ मर्स्याङदी फाइनलमा

भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हालेप र ओज्नियाकी फाइनलमा

विश्व नम्बर एक सिमोना हालेपले बिहीबार संघर्षपूर्ण खेलमा एन्जेलिक केर्बेरमाथि तीन सेटसम्म प्रतिस्पर्धा गर्दै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान पक्का गरेकी छन् ।हालेपले केर्बेरको चुनौती ६–३, ४–६, ९–७ ले पाखा लगाएकी हालेपले फाइनलमा क्यारोलिन ओज्नियाकीको सामना गर्ने छिन् ।

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

आर्सनलले काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ।  बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

इटहरी गोल्डकप : थ्रीस्टार फाइनलमा

थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो।

मेघा क्वार्टरफाइनलमा

मध्यमाञ्चलकी मेघा श्रेष्ठ राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

हक्कीको फाइनलमा आर्मी र सुदूरपश्चिमाञ्चलको भीडन्त

राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल प्रवेश गरेका छन्। हेटौंडामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनलको यात्रा तय गरेको थियो।

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालमा आइतबार भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्