२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रिपब्लिका प्रकाशनको चौधौं जन्मोत्सव

२०७९ वैशाख ११ आदित्यबार साँझ वसन्तपुर डबली। झलमल भव्य थियो। चौधौँ जन्मोत्सवको उपलक्ष्य थियो–नागरिक नेपाली र नेपाली नागरिक जुम्ल्याहा चेत संवाद सञ्चारको। पहिलो अनुभूति अभिव्यक्ति। लोकतान्त्रिक नेपालको लोक हितनिमित्त उन्मुख अभिमत।

मालामा नउनिएका फूलहरूका सुवास

विशेष गरी भोगाइ र अनभूतिहरूमा पनि विशेष खालका र सार्वजनिक महत्त्वका भोगाइ र अनुभूतिहरूलाई मात्रै अभिव्यक्त गर्ने प्रवृत्ति छ। यस्तो अभिव्यक्तिले पठनसंस्कृतिलाई प्रवर्द्धन गर्ने र नेपाली साहित्य भण्डारको श्रीवृद्धिमा पनि सघाउ पुग्ने गर्छ भन्ने आमविश्वास छ।

दशैंभन्दा ठूलो चाड चुनाव पो रैछ

चुनाव लोकतन्त्रका लागि एउटा महोत्सव हो। जनतालाई संविधानले दिएको नैसर्गिक अधिकार पनि हो। चुनावको परिभाषासहित लोकतन्त्रको विषयतर्फ लाग्न मलाई मन छैन। किनकि मैले चुनावलाई बैग्लै तरीकाले महसुस गरें।

बुद्धिमानको बुद्धि

माइकको अगाडि उभिएर बुद्धिमानले शिक्षकहरू र साथीहरूलाई सम्बोधन गर्दै भन्यो-आजको कविता प्रतियोगिताकै लागि मैले मेरो देश शीर्षकमा एउटा कविता लेखेर ब्यागमा राखेको थिएँ। त्यो कविता कसैले चोरी गरेछ। तैपनि मलाई पूरै कविता कण्ठ छ। म वाचन गर्दछु।

बल्छी

हरदम यो मन उनकै सम्झनामा बितिरहेको छ। जतिखेर पनि भेटूँभेटूँ र बोलूँबोलूँ लागिरहन्छ। यो हृदय उनकै सुर्ताले निकै कमजोर बनाइसकेको छ। भिडभाडमा पनि म आफ्नै स्वप्निल संसारमा एक्लै हराइरहेको हुन्छु।

हकुवा

यसपटक अलि भरोसा पनि थियो। एक महिनाअघि मात्र अन्तर्वार्ता लिन उतैबाट आएको थियो दारीवाला सेठ। चुनावमा भोट दिंदा लगाएको नङपालिस जस्तो रंग लगाइदिएको थियो हातमा।

अनुशासन

बीस मिनेटको पर्खाइपछि बस आयो। म चढ्ने धुनमा थिएँ। मभन्दा पाँच मिनेटपछि आएका अर्थात् पन्ध्र मिनेट कुरेर चढ्दै गरेका जापानीहरूलाई पछाडि पार्दै त्यो समूहकाहरू बस चढे,जसरी बाँदरको हूलले मकै चिथोर्न दौडिन्छ।

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अमर प्राज्ञ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ।

ऊ मौन थियो

मृत्युसँग लडिरहेको सागरको मन ती शब्दले अझै स्तब्ध बनाइदिन्छ। युवा बेरोजगार दलगत स्वार्थमा लुटिएको देख्दा उसको मन ग्लानिले भरिएर आयो। आफैंसँग लाज लागेर आयो। जतिबेला ऊ बेडमा छटपटाइरहेको थियो त्यतिबेला उसले आफ्नो बाँझो बारी र रित्तो गोठ सम्झियो।

उन्नाइसौं बीडी त्यागी सम्मान अर्पण

वैशाख २६ गते सोमबार बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान अर्पण कार्यक्रम सप्पन्न गरेको छ।

खरेलको स्मृतिपटलमा तपस्वीहरू सार्वजनिक

पूर्व प्रहरी महानिरीक्षक तथा लेखक अच्युतकृष्ण खरेलले आफ्नो जीवनकालमा संगत गरेका तीन तपस्वीबारे लेखिएको संस्मरणात्मक संग्रह ‘स्मृतिपटलमा तपस्वीहरू’ लोकार्पण गरिएको छ।

भाग्यमानी

होमा हो थपेर सविताले भनी, ‘लामो समयदेखि भेटघाट नभएकाले मलाई पनि धेरै न्याँस्रो लागिराखेको थियो। के गर्नु,उहाँको काम नै त्यस्तै छ। कहिले जापान, कहिले युरोप, कहिले अमेरिका। फेरि ऊ एक्लै हिंड्ने हो र! पुच्छर लागेर सँगसँगै हिंड्नुपर्ने। यसपाला त म छोरीको स्कुलको कारणले जान पाइँन।’

स्मृतिका जरा खोज्दै सापकोटा

पत्रकार सनत सापकोटाले आफ्नो पहिलो कृति ‘जरा’ सार्वजनिक गरेका छन्। ‘जरा’ सापकोटाले लेखेको संस्मरणात्मक कथाहरूको संग्रह हो। बाल्यकालीन स्मृति कथाहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन्।

अन्तर संवाद

बल गरेर खोकेर निकालौं लाग्छ अल्झिरहेको एक मुठी सास। खकार निकाल्न खोक्दा जिब्रोमा टासिएर औंलाले फाल्नुपरेको अवस्थामा सास बाहिर आउन सकेन। मासु सुकेर हड्डीमा टासिएको छालाझैं भएर बसिरह्यो। नत्र त खकारजस्तै हातले झड्कारेर पर फाल्न मन नभएको कहाँ हो र।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्