१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

समाजवाद कहिले फल्छ ?

एक महिना पहिले जब आँप ढकमक्क फुल्दा जुन खुसी पलाएको थियो जुन आशा र उमंग भरिएको थियो त्यो आँपको फूलभन्दा कता हो कता अधिक खुसी जस्तो कि तिन वर्ष पहिले एकमना सरकार बन्दा थियो ।

हाकिम

मैले चम्पालाई हप्काउँदै सोधे – के भएको छ ? काम गर्नुपर्दा बहाना बनाउने । चूपचाप काम गर। चम्पा डराई । बिस्तारै भनी– दिदी, आजै गर्भपतन गराएर आएकी मलाई धेरै गार्ह्रो भएको छ। मैले छक्क परेर हाकिमको अनुहारमा हेरे। चम्पा अविवाहित केटी थिइन् ।

कोरोना प्रभाव

रिनिशा शाक्य र विजय श्रेष्ठले हिउँदमा बिहे गरे । बिहे गरेर हनिमुन मनाउन विदेशको योजना नबनाउँदै कोरोनाको लकडाउन सुरु भयो । पढाइ सकेर मात्र सन्तान खोज्ने उनीहरूको चाहमा प्रश्न चिन्ह खडा भयो । वर्ष दिनसम्मको लकडाउन, विवाहित जोडी..... के चाहियो र? प्रेम फुल्यो । नचाहेर गर्भ बस्यो । गर्भ बसेको एकाध वर्षमा छोरी जन्मिन् ।

प्यास

आज साने र माने त्यहाबाट चाँडै निस्कन्छन्। सानेले बाहिर निस्कनासाथ मुख फोरिहाल्छ– हैन ए माने, त्यसको लोग्ने अब सधैं यतै बस्छ के हो? त्यसले गार्डको जागिर छोडेछ?

किचकिचे

यो कुरा सुन्नेबित्तिकै नातिनीले भनिन्– नेपालीहरू किचकिचे हुन्छन् । हाम्रो बाबा र आमाको हेर्नु न । जहिले पनि किचकिच किचकिच । आमाले त केही गर्नै नहुने । केही भन्नै नहुने । खलक्कै खाने । भो बाबा, म त बिहे गोरासँग नै गर्ने हो, आफ्नो जिन्दगी बाँच्न त पाइन्छ।

रातलाई दिन भन्न खोजेर कसरी चल्छ ?

रातलाई दिन भन्न खोजेर कसरी चल्छ? न्याय दिनुपर्नेले धन रोजेर कसरी चल्छ? गर्नु गरे सरकारले पनि नगर्नुपर्ने काम गरेर सधैं निर्धनको रोजीरोटी खोसेर कसरी चल्छ?

बालसाहित्यको आवश्यकता

बालक सफा सेतो कोरा कागज हो जसमा कुनै दाग हुँदैन । दागरहित यस्तो बालमस्तिष्कमा सरल, आकर्षक र ज्ञानवर्द्धक चित्राङ्कन सहितको उत्कृष्ट साहित्य दिएर सुसंस्कृत बनाउनुपर्दछ । बालसाहित्यमा रुचि राख्ने वा समर्पित भएर लाग्ने सबैको दायित्व भनेको उत्कृष्ट बालसाहित्य उपहार दिएर बालबालिकाको स्वस्थ विकासमा सहयोग पुरयाउनुपर्छ ।

कोग्ल्याँटो

चाहिनेभन्दा बढी तपाईको इमानदारिताले हामीलाई पो पोल्छ । यो काम लाग्दैन । जहानपरिवारको आँसु पनि लाग्छ । संगैकाले महल ठड्याए । अक्कडो नबन्नुस्, हामीले भनेको माने सुख पाइन्छ।

तुवाँलो

कता गइन् बादल रानी छैनन् आकाशमा, प्राणवायु घट्दै गयो आजकल बतासमा। तुवाँलोले ढाकिएर धर्ती भयो कालो, निस्सासिएर मरिन्छ कि डर लाग्न थाल्यो।

वनिताद्वारा २३ स्रष्टा सम्मानित

राजधानीमा भएको कार्यक्रममा वनिता साहित्यिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरु र फरक क्षमता भएका स्रष्टाहलाई पुरस्कृत र सम्मानित गरेको छ।

स्यालको भोज

यस्तै हो यहाँ, मति कहिले पो सुध्रिन्छ खोई यिनीहरूको घ्याम्पे भुँडी, कहिले पो भरिन्छ। होसियार धेरै खायो भने भुँडी पनि पड्किन्छ।

आशा

म वैदेशिक रोजगारीमा आएपछि मेरो उहाँसँग लामो समयसम्म भेट हुन सकेको थिएन। काकालाई भेट्न शहर पुगेँ । केटाकेटीको पढाइ खर्च अनि रोगी काकीको अस्पतालको खर्चले काकाको आर्थिक हालत अति नै नाजुक देखिन्थ्यो। गाउँमा पुर्ख्यौली जमिन भए पनि तत्कालै बेच्न तयार थिएनन् दम्पती। जसोतसो गुजारा चलाइरहेका काकाले भने – तँ काम गर्ने देशमा त मोबाइल अलि सस्तोमा पाइन्छ अरे । अर्को पटक आउँदा मेरा लागि एउटा ल्याइदे न है।

थुक्दै चाट्दै गर्नेको जमात पनि देखियो

थुक्दै चाट्दै गर्नेको जमात पनि देखियो, अघिपछि भुस्याहा कुकुरको खात पनि देखियो। के पो भएन र मति छाडेपछि यो देशमा,हेर कलि निर्वस्त्र नाच्नेको जात पनि देखियो।

चन्दा

घनश्याम सिटिङ रुममा पत्रिका पढ्दै बसिरहेकी थिए । श्रीमतीले मन्दिर गएर फर्किनेबित्तिकै भनिन् –तपाईले मन्दिरलाई निकै चन्दा दिनुभएछ नि यसपालि। हामी मन्दिर जाँदा एलाउन्स गर्दैथे सन्दिप क्षत्री पचास हजार भनेर। निकै पो समाजसेवी हुन थाल्नुभयो त ! व्यंग्य हानिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्