२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

पुस्तकालय सहयोगी

साइनो

       १)

ज्ञानी हुने उपाय

पुस्तकालय सहारा

पुस्तक पढ्दै रमाऊँ है।

     २)

पुस्तकालय सेतु

जीवन पार्न सफल

बौद्धिक ताज पहिरन।

     ३)

पुस्तक हाम्रो शान

पुस्तकालय माध्यम

बन्छ है जीवन सार्थक।

    ४) 

पुस्तकालय हाम्रो

विगत र वर्तमान

सभ्यतामा शिखर गान।

    ५) 

बदलिँदो परिवेश

हाम्रै भाग्य उचाइमा

पुस्तकालय विकासमा।

       ६)

 शिक्षा लिन सजिलो

फुर्सदमा सधैँ जाऊँ

पुस्तकालय पढ्ने ठाउँ।

     ७)

काम अब हाम्रो छ

पुस्तकालय जगेर्ना

ऐतिहासिक उपलब्धि।

      ८) 

विश्व जगत् अभ्यस्त

हामी पनि कम छैनौं

पुस्तकालय संरक्षण।

     ९) 

उस्तै युद्ध लड्नु छ

जस्ता आउँछन् चुनौति

पुस्तकालय जोगाउन।

    १०) 

विशेष ज्ञान खोजी

सूचना र जानकारी

पुस्तकालय सहयोगी ।

प्रकाशित: २५ चैत्र २०७७ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App