बर्थडे कि जन्मदिन?
उनी मनमनै सोच्छिन्, ‘ज्यादा देखासिकी र आधुनिक बन्नुको नतीजा हो यो। जन्मदिनमा त आशीर्वाद दिनु हो। रक्सी भोजभतेरको थुप्रो लाएर नै जन्मदिन मनाउन जरुरी छ?’ सबैजना अँध्यारो मुहार लाएर हस्पिटलमा यताउति गरिरहेका थिए।
उनी मनमनै सोच्छिन्, ‘ज्यादा देखासिकी र आधुनिक बन्नुको नतीजा हो यो। जन्मदिनमा त आशीर्वाद दिनु हो। रक्सी भोजभतेरको थुप्रो लाएर नै जन्मदिन मनाउन जरुरी छ?’ सबैजना अँध्यारो मुहार लाएर हस्पिटलमा यताउति गरिरहेका थिए।
जीवनमा धेरै दुःख थोरै हाँसो–खुशी भेटिन्छ, स्वार्थको दुनियाँमा स्वार्थीकै चुरीफुरी देखिन्छ। निष्ठा, आदर्शलाई बोरामा पोको पार्नेहरूबाट,कर्ममा विश्वास गर्ने तिनै दिनदुखी हेपिन्छ।
कसरी होला बाँच्ने अब? सोच्दै छु म अझै, पुलिस अचेल चोर–डाकालाई नमस्कार गर्दैछ! अभाव र महँगीको यो अँध्यारो शासनमा, कालाबजारीले पो इमानीलाई दुत्कार गर्दैछ!
टुप्पोबाट पलाउनेको बलियो जरो होस् भन्छु,मलाई सताउनेको पनि सधैं भलो होस् भन्छु। अरूको प्रगति देखेर ऊ तनावले बिरामी भएछ, हे दैव! उसको बिमार चाँडै सन्चो होस् भन्छु।
मानवीय संवेदना हो यो कुनै बहकाउ हैन, साँच्चि नै हो मायाप्रीति कुनै झकिझकाउ छैन। बोलूँ भने बात छैन बुढो रुखमा पात छैन, बोल्दाखेरि मात हुन्छ कुनै यो मतलबी साथ हैन।
जो आफ्नो सपना मारेर देखिरहेछ नयाँ सपना र लेखिरहेछ नयाँ कविता आफूलाई बिर्सेर हराउँदै ती कुराहरूमा जस्ले मनलाई बनाइरहेछ शहीद र मनाइरहेछन् नयाँ शहीद दिवस।
धर्मले प्रतिशोध लिँदैन। यसले सबैसँग मिल्ने मार्ग तय गर्नुपर्छ। मानवको आस्था अनेक भए पनि विश्वास एकै, पैताला अलग भए पनि पुग्ने स्थान एकै धर्मले बनाएको छ। यसैलाई धार्मिक सहिष्णुता भनिन्छ। यही धार्मिक सहिष्णुताको भाव फैलाउने काम पद्मसम्भवले गरेका छन्। यिनले हिन्दू र बौद्ध धर्मावलम्बीलाई एउटै मन्दिर र मूर्तिमा आराधना गर्न सिकाएका छन्। यसैकारण यिनी हिन्दू र बौद्ध धर्मको सहिष्णु बढाउने योजक हुन्, सेतु हुन्।
करुणाले किताब लुकाई। सरले फेरि भन्नुभयो, ‘खोईखोई हेरौ?’ करुणा मुसुक्क हाँसी। उसको हातमा एउटा किताब थियो। ‘काला सर्पको खोजी’, लेखक हरिप्रसाद भण्डारी। –यो त वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको कृति रहेछ। कसरी पायौ यो किताब?