राप्रपा एकीकरण मंगलबार
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार पार्टी एकता हुने भएको छ। राजधानीमा बृहत कार्यक्रम गरी एकीकरण घोषणा गरिने दुवै पार्टीका अध्यक्षद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राख्ने सहमति गर्दै राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ।