१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाख रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन्।

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

चितवनको इच्छाकामना गाउँपालिका २ को वल्र्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्।

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।

गण्डकी प्रदेशस्तरीय भलिबल उपाधि बौदीकालीलाई

‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ।

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

पूर्वब्रिटिश आर्मीले १ करोडभन्दा बढीको निजी लगानीमा बनाइदिए विद्यालय

पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्।

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका १० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका।

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई सहयोग

शिवम् सिमेन्ट्सले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर १५ मंगलपुर चितवनस्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।

भाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल

जनकपुरधाम जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान्।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ।

जंक फुड हटाउँदै सरकारी स्कुल– ‘वि डन्ट इट जंकी, वि आर नट मंकी’

कार्कीको योजना थियो– बालबालिकालाई जंक फुड (पत्रु खाना) बाट मुक्त गर्ने। र, नारा पनि तय गरियो–‘वि डन्ट इट जंकी, वि आर नट मंकी।’ अर्थात्, हामी अखाद्य खाँदैनौं, हामी बाँदर होइनौं।

सहिद स्मृति विद्यालय बन्द

‘राज्यको पौसा चलाउन कानुन चाकिन्छ। बच्चा छन् २४ जना कर्मचारी १४ जना राखेका छन्। पालिकामा आयश्रोत पनि छैन। कार्यविधि पनि छैन्। आवासीय भनेको त अनाथ बेसाहार र आमा बुबाको पहिचान नभएकाको लागि होला तर त्याहाँ पढाउने शिक्षकका छोरा छोरी छन्। हामीले कलेक्सन गरेर ल्याउन भनेका छौं।’

नमूना विद्यालयमै छैन खेलमैदान

कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ।

दुर्गमका केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्