१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रदर्शनलाई समर्थन जनाएको भन्दै इरानी पूर्वफुटबलर गिरफ्तार

हिरासतमा रहँदा एक कुर्दिश युवतीको ज्यान गएको विषयविरुद्ध भएको प्रदर्शनलाई समर्थन जनाएको भन्दै पूर्वफुटबलरलाई त्यहाँको आधिकारिक निकायले गिरफ्तार गरेको इरानी सञ्चारमाध्यमले बताएका छन्।

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल र तालिबान अधिकारीहरुबीच काबुलमा वार्ता

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो।

आफ्ना माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्न इरान तयार

नाम सार्वजनिक नगर्ने सर्तमा ती कूटनीतिज्ञले भने, 'इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी दिनेलगायत इरानका विभिन्न माग पूरा गर्न इरानको ‘विश्वसनीयता’ भए नभएको हेर्ने प्रस्तावहरूको पुनरावलोकन गरिरहेको छ।'

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ हराए

इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाको ज्यान गएको छ। आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् भने सो भत्किएको भवनमा करिब ३८ जना पुरिएको आशंका गरिएको छ।

इरानमा राष्ट्रपतिका लागि मतदान सुरु

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन्। तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ।यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ।

इरानमा कोभिड: एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ।

‘इरानमा सरकारी दाबीभन्दा तीन गुना बढीको मृत्यु’

बिबिसी पर्सियन सेवाले इरानमा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या सरकारी दाबीभन्दा तीन गुणा बढी भएको जनाएको छ। सरकारी तथ्यांकले २० जुलाईसम्म ४२ हजारको मृत्यु भएको देखाएको छ।

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ। इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए।

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका हुनसक्ने

इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन्।

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन्।

इरानमा २४ घण्टामा कोभिड–१९ सङ्क्रमितकोे सङ्ख्या झण्डै तीन हजार

इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ।

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् ।

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ।

इरानी उप–स्वास्थ्यमन्त्रीलाई संक्रमण पुष्टि

इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्