इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव
इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।
इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।
इरानको पहाडी क्षेत्रमा ६० जना यात्रु सवार विमान दुर्घटनामा परेको छ । बिमान राजधानी तेहरानबाट उडेको अस्मन एयरलाइन्सको विमान मध्य इरानस्थित लेस्फाहन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गरेको सिन्ह्वाले जनाएको छ।
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद ज़रिफसंग भेट भएको छ। तेहरान स्थित इरानको परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरुमा छलफल भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल एशियाली राजनीतिक पार्टीहरू को अन्तर्राष्ट्रिय बैठक (आइक्याप) को २९औं स्थायी कमीटीको बैठक र शिल्करोड सम्बन्धी सम्मेलनमा भाग लिन इरानको राजधानी तेहेरान प्रस्थान गरेका छन्।
इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएकाे इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ।
पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ। दुई इश्लामिक मुलुकबीच सुरक्षाको समस्यालाई देखाउँदै यस अघि सञ्चालन हुँदै आएको रेल सेवा बन्द भएको थियो।
एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।
इरानमा केही दिनदेखि प्रदर्शन जारी रहेको छ । ती प्रदर्शनका क्रममा गएराति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ
इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो र बुधबार बिहान भूकम्प गएको समाचार छ। मङ्गलबार दिउँसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ।
आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।