७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।

इरानी प्रदर्शनलाई समर्थन गरेको भन्ने ट्रम्पको ट्वीटप्रति इरानी नागरिकले आक्रोश पोखेका छन्। दोहोरो चरित्र नदेखाउन चेतावनी समेत दिएका छन्।

ट्रम्पले मुश्लिम देश इरानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। जुन व्यक्तिले इरानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो उही व्यक्तिले आफूहरुको अधिकारको कुरा गरिरहेको भन्दै इरानी नागरिक ट्रम्पको विरोधमा उत्रिएका हुन्।

इरानमा राष्ट्रपति हसन रुहानीको टेलिभिजन सम्बोधनलाई लिएर प्रमुख शहरमा सरकारविरुद्ध प्रदर्शन जारी छ। प्रदर्शनमा हालसम्म १० जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। यहीबीचमा ट्रम्पले ट्वीटरमार्फत इरानी नागरिकको प्रदर्शनलाई समर्थन जनाएका हुन्।

उनले ट्वीट गरेका छन्– इरानमा ठूलो जनप्रदर्शन भइरहेको छ। आखिरीमा मानिसहरुले आफ्नो धन चोरी गरिएको र आतंकवाद घटनामा फसेको निष्कर्ष निकालेका छन्। यस्तो लाग्दैछ अब यो कार्यलाई सहन सक्दैनन्। अमेरिकाले यसलाई नजिकबाट हेरिरहेको छ र हामी मानवाधिकार उल्लंघनको मामिलामा निगरानी गरिरहेका छौं।’

प्रकाशित: १७ पुस २०७४ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App