१९ असार २०८१ बुधबार
image/svg+xml

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ। गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो।

नारायणीमा गैंडा मृत फेला

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो।

नारायणीको बहाव ४४ वर्षको उच्च

नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ। बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो। देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो। यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

नारायणी नदीले ‘खतरा’ तह नाघ्यो, ‘हाई अलर्ट’ जारी

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतहले ‘खतरा’ तह पार गरेकाले नारायणीको तटीय क्षेत्रमा पर्ने नवलपरासी र चितवनका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न महाशाखाले आह्वान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्