प्रेम र यौनको हक
कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ। यो स्पष्ट लेखिएको व्यवस्था होइन, यस्तो अर्थ निकाल्न मिल्ने मात्र हो। यहाँ अर्को प्रश्न पनि छ– किशोर वा किशोरीले १८ वर्षअघि नै म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु, वा प्रेम सम्बन्धमा बस्न चाहन्छु भनेमा के गर्ने ? यसो नभने पनि उनीहरूका चाहना विद्रोहमा परिणत हुन सक्छन्, जसले विभिन्न दुर्घटना निम्त्याउन पनि सक्छन्।