नेताका शनकले पटकपटक अदालतको शरण
राजनीतिक नेतृत्वको शनकमा जनताको सर्वोच्च निकाय संसद् विघटन हुँदा अदालतको शरणमा परेको यो पहिलो वा दोस्रो पटक भने होइन। २०४८ मा आमनिर्वाचनपछि नेपाली कांग्रेसलाई जनताले बहुमत प्रदान गरे। तर पाँच वर्षे कार्यकाल पूरा नहुँदै कांग्रेसका ३६ सांसद् धन्यवाद प्रस्ताव पारित गर्ने बैठकमा सहभागि नभएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला २०५१ मा संसद् विघटन गरे।