८ वैशाख २०८१ शनिबार

२ सय ११ जनामा संक्रमण, २ को मृत्यु

सो अवधिमा २ सय २९ जना कोरोना संक्रमणमुक्त भएको जनाउँदै मन्त्रालयले २ जनाको निधन भएको उल्लेख गरेको छ।

वायु प्रदूषणको आयुसँग साइनो

राजधानीको कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाहरूका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन।त्यही कारणले भारतको उत्तरी क्षेत्रका सहरहरू जस्तै राजधानी काठमाडौँ बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्ने गर्छ।

गौरवका सडक आयोजनाको प्रगतिः कतै उत्साहजनक,कतै निराशाजनक

वर्षाैंदेखि निर्माण सम्पन्न नभएका गौरवका सडक आयोजनाले गत वर्ष औसत प्रगति गरेको सडक विभागको प्रतिवेदनले देखाएको छ। विभागअन्तर्गतराष्ट्रिय गौरवका ५ वटा आयोजना छन्। गत आवमा मध्यपहाडी लोकमार्गर हुलाकीराजमार्गले सन्तोषजनक प्रगति गरे पनि बाँकीको प्रगति उत्साहजनक छैन।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

बाँकेमा कोरोनाको डरलाग्दो संक्रमण

दोस्रो लहरको कोरोना संक्रमणका बेला ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएको छ। संक्रमण पूर्ण रुपले नियन्त्रणमा नआउँदै पुनः बढेको हो।

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

'नाम मात्रको' निषेधाज्ञाले जोखिम, अनुगमनकारी निकाय मौन

काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।

दोस्रो लहरले लियो ५ हजारभन्दा बढीको ज्यान

गत वर्षको तुलनामा दोस्रो लहरमा साढे दुई महिनाको अवधिमा ५ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयको अभिलेखमा देखिन्छ। यो हिसाबले गत वर्षको भन्दा यो वर्षको मृत्युदर कम समयमा करिब दोब्बर देखिन्छ।

कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली

कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।

कोभिड–१९ः पहिलोभन्दा दोस्रो लहर घातक

कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ ।

जब वुहानको झल्को दियो !

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

निकाे हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ जना रहेकाे छ।

डोल्पा, कोटसेराको रोपाइँ मेलाः विरोधपछि दलितको काँध चढ्ने परम्परा अन्त्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण हिमाली जिल्ला डोल्पा पनि जोखिममा पर्दै गइरहेको बेला यहाँको धान रोपाइँ मेलालाई भने छुन सकेन। लकडाउनबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्