शवसँगै मनहरु जल्छन्...
यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।