६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाबुको मुत्यु, आमाको हत्या, सन्तानको बिचल्ली

गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।

बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली

बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली

‘छोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, बिरामी हुँदा उपचार गर्ने पैसा समेत छैन’, कुमारीले भनिन्। श्रीमानसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अब मानसिक तनावसँग बिरामी समेत भएकाले छोरीहरू प्रिति नेपाली, कृपा नेपाली र कृस्टिना नेपालीको लागि शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको छ, कुमारीलाई।

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।

स्कुलमा आगो लागेपछि विद्यार्थीको बिचल्ली

रोल्पा नगरपालिका १ स्थित कृष्ण प्रावि धारापानीमा ढिलो गरि संचालनमा आएको पठनपाठन यतिबेला समस्यामा परेको छ। असोज ८ गते दिउँसो सवा दुई बजे तिर विद्यालयमा आगलागी भएको कारण भने थाहा भएको छैन।

कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली

कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।

आगलागीले घरगोठ जलेपछि बिचल्ली

रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका नारायण दासको घरगोठमा आगो लागेर लाखौँको धनमाल खरानी भएपछि उनको बिचल्ली भएको छ ।

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन्। स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन्।

उपमहानगरले घर भत्काएपछि सुकुम्बासीको बिचल्ली

विमला भ्लोन ९ महिने गर्भवती। डाक्टरले यही फागुन मसान्तमा सुत्केरी हुने मिति तोकेका छन्। एउटी छोरीपछि दोस्रो सन्तान जन्माउने समय नजिकिएको छ, तर उनको मुहारमा खुसी छैन।

बिचल्लीमा दुधे बालक

बसन्ती ल्वार मात्र २ महिना पुग्दै थिईन्। साउनको मध्ये राती बसन्तीकी आमा बच्ची ल्वार एकाएक बिरामी परिन्। घरमा ३ वर्षका छोरा देवदत्त र ६१ वर्षकी सासु सुकी ल्वार मात्र थिए। पीसाब गर्न घर बाहिर निस्केकी बच्ची एकाएक ल्वार बेहोस भईन्।

प्रेम विवाहका कारण भूमिगत

प्रेम–विवाह गरेकी कञ्चन आफ्ना पति रोक्की झासहित पछिल्लो १० महिनादेखि भूमिगत जीवन बिताउन बाध्य छिन्। आफूलाई आफ्नै आमाबुबाले यसरी तनाव दिएको कञ्चनको गुनासो छ। आमाबुबाको सहमतिविपरीत आफूले मन पराएको केटोसँग बिहे गरें, यो मेरो गल्ती होला तर यस्तो गर्ने संसारकी पहिली केटी मै हुँ र ?

आमाको हत्यापछि चार छोराछोरीको बिचल्ली

दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन्।

अभिभावकको हत्या हुँदा परिवारका ६ जनाको बिचल्ली

जिल्लाको मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना युवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा उनका श्रीमान् मोतीप्रसादको मृत्यु भएपछि उनी नाबालक छोराछोरीसँगै भक्कानिन्छन्।

बुबाको हत्यापछि दर्जी परिवारको बिचल्ली

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन्। गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्