८ वैशाख २०८१ शनिबार

धरहरा उद्घाटनमा हतारो

स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्