२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

वडा–वडामा वृद्धवृद्धा भेटघाट चौतारी

वृद्धवृद्धालाई लक्षित गरेर खोटाङको खोटेहाङ गाउँपालिकाले हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको छ ।

विदेशबाट फर्केका स्थानीयलाई भेटघाटका लागि घरदैलो

जिल्लाको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसंग भेटघाटका लागि घरदैलो अभियान चलाएको छ। विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टीनको बसाई, उनीहरूको स्वास्थ्य अवस्था, परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिनका लागि गाउँपालिकाले घरदैलो अभियान चलाएको हो।

दाहाल प्रदेश प्रमुख भेटघाट

प्रदेश प्रमुखहरूले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटघाट गरेका छन्।

होलीमा कोरोना भाइरसको त्रास, पारिवारिक भेटघाटको अवसर

बालाजु, माछापोखरीका २२ वर्षीय केशबराज गौतम गत वर्षको होली धुमधामले मनाए। होली खेल्न १० जनाको समूह बनाएर माछापोखरीबाट नयाँ बसपार्क, ठमेल, हनुमान ढोका हुँदै टुडिँखेल पुगेका उनी गत वर्षको होली जीवनकै रणीय भएको बताउँछन्।

नवनियुक्त भारतीय राजदूतद्वारा राजनीतिक भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय क्वात्राले जिम्मेवारी सम्हालेलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

जिल्लाको खोटेहाङ गाउँपालिकाले प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक भेटघाट चौतारी बनाउने तयारी गरेको हो।

चेम्बरका अध्यक्ष र श्रीलंकाका राजदूतबीच भेटघाट

नेपालका लागि श्रीलंकाका राजदूत हिमानी अरुणातिलका र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा सोमबार भेटघाट भएको हो।

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

अस्पताल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन्। बिहिबार साँझ ७ः ४० बजे राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्।

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी समकक्षीबीच भेट

रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसी समकक्षी सर्र्गेई लाभ्रोभसँग दुई पक्षिय भेट गरेका छन्। शनिबार रुस प्रस्थान गरेका मन्त्री ज्ञवालीले सोमबार मस्कोमा समकक्षी लाभ्रोभसँग भेट गरेका हुन्।

नेकपाकाे घरदैलोमा भेटघाटलाई तीव्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ ।

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन्। तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए।

राष्ट्रसंघ महासभाः मन्त्री ज्ञवालीद्वारा उच्चस्तरीय बैठक सुरु, नेपाली सेनाको प्रशंसा

संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबारदेखि उच्चस्तरीय भेटघाट शुरु गरेका छन्।

'कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ'

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे ।

काठमाडौंमा ‘रअ’ प्रमुखका ४० घण्टा : पशुपतिको दर्शनदेखि थकाली खानासम्म

भारतीय खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ) का प्रमुख सामन्त गोयल शनिबार साँझ ३ दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आए। गत असार ११ गते आइपीएस अधिकारीबाट (रअ) को प्रमुखमा नियुक्त भएपछि गोयल ३ सदस्यीय टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्