१ मंसिर २०८१ शनिबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते महिलाको मृत्यु

लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नम्बरकाे ट्रकले ग २ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्कीिस्थित जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बस दुर्घटनामा १४जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन्। तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्।

दुर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो।

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनको स्वावस्थमा सुधार आएको छ। चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउँसो दुर्घटनामा परेका थिए।

बस दुर्घटनामा बेपत्ता तीनको शव फेला

मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो।

दुर्घटनामा परी उपराष्ट्रपति पुत्र घाइते

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परी घाइते भएका छन् । चुनावी विजयसभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

विद्यार्थी नेता तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परि घाइते भएका छन्। चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए। पुन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए।

दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु

रौतहटमा भएका दुई सबारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना सबारी चालक र एकजना पैदल यात्रु छन्। मृतक दुवैजनाले मदिरा सेवन गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कार दुर्घटनामा चालकको मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

अपडेट : चुम्लिङटार बस दुर्घटनामा घाइतेकाे संख्या २१ पुग्याे

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने घाइते हुनेकाे संख्या २१ पुगेकाे छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्