प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा
छ महिनापछि बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पोखेको पीडा हो यो। प्रदेश सरकारको समन्वय अभावले अनिश्चित बनेको प्रदेशको नामांकन र राजधानी मधेसी जनताको भावनाअनुसार नै हुने उनको भनाइ थियो।