७ वैशाख २०८१ शुक्रबार

सप्तकोसीमा स्टिमरले पर्यटक बढे

प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर पानीजहाज सञ्चालनका लागि हालसम्म देशका कुनै नदीमा सम्भाव्यता अध्ययन भएको छैन। न डिपिआर तयार भएको छ न सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ।

सप्तकोसीमा पानीको बहाव यस बर्षकै उच्च

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार पानीको बहाव बढेर २ लाख ६७ हजार ८५० क्यूसेक पुगेको छ। दुई दिनदेखि यता सप्तकोसीमा पानीको वहाव निरन्तर बढ्दो छ।

सप्तकोसीमा बगेकी बालिका मृत फेला

सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २:३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४:१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सप्तकोसीमा एक जना युवा डुबेर बेपत्ता

सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।

सप्तकोसीमा अझै १० जना बेपत्ता, खोजी कार्य जारी

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो। सुनसरीकै श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार ११.४५ बजे डुंगा डुबेको थियो ।

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, खतराको संकेत भने यथावत

इटहरी– सप्तकोसी नदीमा पानीको बहाव घटन थालेको छ। बुधबार अपरान्ह पानीको बहाव घटेर २ लाख ३८ हजार ५१० क्यूसेकमा झरेको छ। मंगलबार भने कोशीमा यस वर्षकै उच्च २ लाख ८५ हजार क्यूसेक पुगेको थियो। एक साता अघिदेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ। क्षणिक रुपमा पानीको बहाव घटे पनि पहाडी जिल्लामा वर्षा हुनासाथ बढ्ने गर्छ।

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३५ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

इटहरी– सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ।

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला

पूर्वमा गएरातिदेखि परेको अविरल बर्षाका कारण मंगलबार बिहानैदेखि सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। मंगलबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख २६ हजार २३० क्युसेक पुगेको छ। हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्