५ वैशाख २०८१ बुधबार

अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

प्रहरीद्वारा विमानस्थलबाट झन्डै १ किलो सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

स्रोत नखुलेको रकमसहित एक पक्राउ

सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

प्रहरीले काठमाडौं स्थित मेडिकल कलेजमा निजको एक्सरे गराएर हेर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरीले पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको हो।

थापाथलीबाट 'एयर गन'सहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो।

हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ

हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।

ब्राउनसुगरसहित एक पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ब्राउनसुगर र नेपाली नक्कली नोटसहित एक पक्राउ

दमकस्थित रहेको राधे होटल एण्ड लजको कोठाभित्र ब्राउन सुगर खरीद गरी विक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरी टोलीले दमक ३ बेलडाँगी बस्ने ३२ वर्षीय पुर्ण वहादुर बानियाँलाई पक्राउ गरेको हो।

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।

बिस्फोटक पदार्थसहित एक पक्राउ

शंकास्पद वस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूहमध्येका एकजना बन्दुक तथा बिष्फोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ। वैशाख ७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सकेट बम राखिएको थियो।

१९ केजी गाँजासहित एक पक्राउ

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

खैरो हिरोईनसहित एक पक्राउ

आइतबार बेलुका लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले झापा जिल्ला, दमक नगरपालिका ६ नमुना मार्गस्थितमा बस्ने भारतीय २६ बर्षीय सिद्धिक आलमलाई पक्राउ गरेको हो।

४३ लाख नगद र छड्के तिलहरीसहित एक पक्राउ

यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्