१० कार्तिक २०८१ शनिबार
image/svg+xml

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिवानको मृत्यु

पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन्।

ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ।

अत्यधिक चिसोका कारण एकको मृत्यु

सुनसरीमा अत्यधिक चिसोका कारण मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए।

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

जंगली अर्नाको आक्रमणबाट एक वालिकाको मृत्यु भएको छ। कोशी गाउँपालिका–४ कटान बस्ने मोहमद मजेबुलकी छोरी ९ बर्षीया सेहेजादी खातुनलाई आफ्नै घर अगाडीको खेतमा खेल्ने क्रममा जङ्गली अर्नाले आक्रमण गरेको थियो। घाईते भएकी उनलाई उपचारको लागि ईनरुवा अस्पताल लगेकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्र्याक्टरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

मोरङमा ट्र्याक्टरको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ ।  ट्र्याक्टरको ठक्करबाट सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको मृत्यु भएको हो ।

अर्नाको आक्रमणबाट एकको मृत्यु

अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ।

विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

लिबियाको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।

देउघाट स्नान गर्ने क्रममा एकको मृत्यु

देवघाट नुहाउने क्रममा एकजनाको निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ। देवघाटको चितवन तर्फ भरतपुर महानगरपालिका वडा नं. १ झोलुङ्गे पुलमुनी नुहाउने क्रममा बिहान साढे १० बजे चितवन रत्ननगर–३ बस्ने ७८ वर्षका पदमनाथ अधिकारी ढुंगाबाट चिप्लेर त्रिशुली नदीमा पुगेका थिए। बग्दै तीन सय मिटर पर पुगेका अधिकारीलाई प्रहरीले उद्धार गरेको थियो।

डढेलोमा परेर दुईको मृत्यु, एक घाइते

रुकुम (पूर्व)मा डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पुथाउत्तरगंगा गाउँपालिका–३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७, का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो।

इराकको बग्दादमा आत्मघाती आक्रमण, २६ को मृत्यु

इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। इराकमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो।

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्