१५ मंसिर २०८१ शनिबार
image/svg+xml

औपन्यासिकताका कसीमा महेश्वर पन्तको ‘बौलाको डायरी’

उपन्यासभित्र मान्छेको जीवनदर्शनबारे पनि प्रशस्त बोलेको छ। उदारहरण हेरौं–जन्मनुको सबैभन्दा सत्य कुरा मर्नु हो। तर पनि सबैभन्दा बढी डर मृत्युसँग लाग्छ(८९)। यही वाक्यले मृत्युजन्य तर अवाञ्छित सत्यबारे विशिष्ट विचार बोलेको छ।

तिर्खा

उसका पाइलाहरू फटाफट अघि बढिरहेको थियो। चुपचाप बाटामा भेटिने होटलेले बोलायो,‘ए मनुवा! भोक मेटेर जाऊ!’

आशामा बाँचौं

स्कुलबाट आइपुगेका छोराले हाम्रो वादविवाद सुनिरहेको थियो। छोराले भन्यो, ‘ह्य ममी, नकराउनु न! बिल आएपछि खुरुक्क पैसा तिरे भैगो नि। धारामा पानी नआए पनि हावा त आएकै छ नि। अनि फेरि सरकारले वैकल्पिक व्यवस्था गर्छु भनेकै रहेछ।’

ताङतिङका समाजसेवी हर्कजङ गुरुङको जीवनी प्रकाशित

कास्की जिल्लाको ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित भएको छ।

आजको आकाश सार्वजनिक

पाँच कवि आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र डा. राजेन्द्रप्रसाद अधिकारीको तेस्रो संयुक्त कवितासंग्रह ‘आजको आकाश’ सार्वजनिक भएको छ।

महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा

साहित्यकार महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा भएको छ। काठमाडौं बत्तिसपुतलीस्थित तृप्त रेस्टुराँमा आयोजित कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले उपन्यासको परिचर्चा गरेका थिए।

मेरी चेली प्रतिमा

२०/२२ वर्षकी युवती, हँसिलो स्वभाव, एकैचोटि कोठामा आउने प्रस्ताव! मलाई अचम्म लाग्नु स्वभाविकै थियो। मैले झट्ट अर्चनालाई सम्झिएँ। उनी अलि शंकालु छन्। कोही अपरिचित केटीसँग हाँसेबोलेको निको मान्दिनन्। कति सम्झाएँ तर अझै गाउँले पारा हराएको छैन। त्यसमाथि यिनलाई घरमा बोलाउँदा के भन्लिन् उनले।

रोजगार

उनी आफू पनि अवकाशपछि हालै फाल्तु बनेका थिए। के काम गर्ने होला भनेर खुबै सोचविचार गरेर औषधि पसलसँगै जोडिएको सटरमा बोर्ड झुन्ड्याए। त्यहाँ लेखिएको थियो,‘कैंची मदिरा पसल’!

पुल

‘हो भाइ, पुल बन्यो। म खुसी छु तर पुल बन्न ठूलो मान्छे मर्नुपर्दोरहेछ। अलि अघि नै मरेको भए म विधवा त हुनुपर्थेन नि। एक वर्षअघि सोही खोलाले बगाएका आफ्नो श्रीमानको सम्झनाले उनी भक्कानिइन् र आँसु पुछ्दै त्यहाँबाट बाहिरिइन्।

प्रश्न

‘एक घरपरिवारमा तेरोमेरो भन्ने पनि हुन्छ र? तिमीसँग विवाहपछि मेरो सबै जायजेथा र जीवनभरको कमाइ हाम्रै सन्तानका लागि खर्च भयो। मैले पनि मेरो हो भनेको भए...?’ प्रश्नसँगै उसको बोली रोकियो।

हिसाबकिताब

उनको अग्निपरीक्षाको नतिजा सकरात्मक भएन। उनी मतपेटीकै अगाडि गर्ल्याम्म ढले। हतारहतार अस्पताल पुर्‍याइयो। होसमा आउँदा उनको दुवै ओठले फुसफुसाइरहेका थिए, ‘हिसाबकिताब नि!’

म त बनाइदिन्छु तिम्रा सबै ती तस्वीरहरू

म त बनाइदिन्छु,तिम्रा सबै ती तस्वीरहरू,म त सुनाइदिन्छु, मेरा सबै यी संस्मरणहरू। विश्वास गर्दै अन्धकार चिर्दै प्रेम गरियो,व्यावहारिक भएर हामी दुवै सँगै भइयो।

सुतिरहेको काठमाडौं

अब त बिउँझ गाउँका सुरिला रूखहरू हराउन थालिसकेका छन् आमाहरू हराएका आफ्ना सिन्दूरहरू खोज्दै छन् युवाहरू मेरो देश खोई भन्दै नागरिकता र पासपोर्ट देखाईदेखाई विलाप गर्दैछन् अब त बिउँझ अरे ओ, मेरो काठमाडौं!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्