१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सार्वजनिक जग्गा टेण्डर नै नगरी ज्वाईंलाई ठेक्का

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी इमान्दार व्यक्तिका रुपमा परिचित थिए। पोखरा महानगरको पहिलो मेयर बन्दा जिसीप्रति आम पोखरेलीको भरोसा थियो जिसीले पोखरा नबनाएपनि कम्तिमा बिगार्न चाहिं बिगार्दैनन् भन्ने धेरै पोखरेलीले भन्थे।’ स्वयं जिसी पनि बारम्बार भन्ने गर्थे, ‘सके पोखरा बनाउँछु, नसके कम्तिमा पोखरा बिगार्दिन।’ तर, आम पोखरेलीको विश्वास र आफैंले गरेको प्रतिबद्धता विपरित उनले सार्वजनिक जग्गा बिना टेण्डर ठेक्का दिएको खुलाशा भएको छ।

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा

सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्