२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विशेष कार्ययोजना बनाएर काम गर्ने छौं

गाउँ शिक्षा ऐन २०७९ गाउँसभाबाट पारित गरिएको छ। योग्य, दक्ष र लगानशील प्रधानाध्यापकहरूको व्यवस्थापन प्रक्रिया सम्पन्न गर्न लागेका छौं।

२१ वर्षका प्रधानाध्यापक

फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।

चुनाव लड्न विद्यालय प्रधानाध्यापकले दिए राजीनामा

वैशाख ३० मा हुन गइरहेको पालिका चुनावमा उम्मेदवार हुन सर्लाहीका एक प्रधानाध्यापकले राजीनामा दिएका छन्।

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले जुनियर शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि एउटै विद्यालयमा दुई प्रधानाध्यापकले काम गरिरहेका छन्।

७ लाख ८२ हजार हिनामिना गरेको आरोपमा प्रअ र लेखापालविरुद्ध मुद्दा

सो घटनामा संलग्न तत्कालीन प्रधानाध्यापक त्रिपाठी र लेखापाल एवं कार्यालय सहायक यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।

ऐन लत्याउँदै विद्यालय संचालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

संक्रामक रोग नियन्त्रण ऐन लत्याउँदै विद्यालय संचालन गर्ने सप्तरीका ११ वटा विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य

सिमेन्ट, सरियालगायतका सामाग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए

प्रअले दिए वडाध्यक्षलाई ज्यान मार्ने धम्की

‘म को हुँ चिन्छस् ? तँलाई दुईचार दिनमै सिध्याई दिन्छु,’ प्रअ खत्रीले भनेका थिए ‘साँझ खाना खाएर राम्रोसंग सुतेस् ।’ वडाको सिफारीस लिने क्रममा ढिलाई भएको भन्दै प्रअ वडा अध्यक्षमाथि खनिएका थिए ।

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

दुई हजार घुससहित प्रधानाध्यापक पक्राउ

धनुषाको मिलि नगरपालिका–२ अवस्थित जनता माध्यमिक विद्यालय नकटाजिझका प्रधानाध्यापक महेन्द्र महतो घुस रकमसहित पक्राउ परेका छन्। एसइई परीक्षाको प्रवेश पत्रका लागि सेवाग्राहीसँग लिएको २ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधवार उनलाई नियन्त्रणमा लिएको हो।

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

एक महिनादेखि विद्यालयमा ताला

मोरङको जहदा गाउँपालिका–३ हाथिबन्धास्थित आदर्श आधारभुत विद्यालयमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ। दुई शिक्षकबीच विद्यालयको प्रधानाध्यापक को हुने भन्ने विवादका कारण असन्तुष्ट समूहले विद्यालयको मुल गेटमै तालाबन्दी गरेपछि एक महिनादेखि पठनपाठन ठप्प भएको हो।

प्रधानाध्यापकविरुद्ध मुद्दा

जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्