७ आश्विन २०८१ सोमबार
image/svg+xml

संविधान कार्यान्वयनका लागि अध्यादेशः महान्यायाधिवक्ता

महान्यायाधिवक्ता रमेश बडालले सरकारले संविधान कार्यान्वयन गरेको बताउँदै अध्यादेशमार्फत राष्ट्रघात नभएको बताएका छन्।

न्यायिक सत्ता हत्याउन कार्यकारी कसरत

प्रतिनिधिसभा विघटनको फैसलाअघि नै महान्यायाधिवक्ता पदबाट अग्नि खरेलको राजीनामाको चर्चा चल्नु र फैसला भएको एक महिनाभित्रै राजीनामा आउनुलाई संयोग मात्रै मान्न सकिँदैन । एमालेभित्र देखिएको आन्तरिक संघर्ष व्यवस्थापन तथा विरोधी खेमालाई तह लगाउनसमेत ओलीले आफ्ना प्रमुख कानुनी सल्लाहकार फेरेर अर्थपूर्ण सन्देश दिन खोजेका छन् ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार साँझ बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। शुक्रबार अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्