१६ वैशाख २०८१ आइतबार
image/svg+xml

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो, ओलीविरुद्ध दृढताकासाथ लड्ने निष्कर्ष

नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको हो।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्चकाे फैसलामा नेपाल पक्षीय भेलाको असहमति

नेकपा एमाले (माधव नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर असहमति जनाएको छ। बुधबारबाट सुरु भएर बिहीबार साँझ सकिएको नेपाल पक्षीय भेलाले नेकपाको सम्बन्धमा फागुन २३ गते सर्वोच्चले गरेको फैसलालाई असहमति जनाएको हो।

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्