कुनै समय चकचकी मच्चाएको दोलखाको ‘मृत शहर’
भग्नावशेष घरका भित्ताहरुमा कांग्रेस र एमालेका हस्तलिखित नाराका ‘पेन्टिङ’हरु अझै मेटिईसकेका छैनन् । तल नदी किनारमा क्रसर उद्योगको मेसिन र ट्रिपरका आवाज परै सम्म सुन्न सकिन्छ । खण्डहर बस्तीमाथि उभिएर एकोहोरो क्रसरका आवाज सुन्दै गर्दा जो कोहीलाई पनि कुनै नदी छेउको अनकन्टारमा आईपुगेको आभास हुन्छ ।